उपप्रमुख पराजुलीद्वारा बेलबारीमा अलपत्र परेका वृद्धको उद्धार


बेलबारी, १७ असार । बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले लामो समयदेखि बेलबारीमा अलपत्र परिरहेका एक जना वृद्धको उद्धार गरेकी छिन् । 

स्थायी ठेगाना सङ्खुवासभा र नाम रामबहादुर राई बताउने ती वृद्ध निषेधाज्ञाका कारण लामो समयदेखि बेलबारीमा अलपत्र परिरहेका थिए ।

वृद्ध राईले बेलबारी –११ स्थित सुम्निमा चोकको विश्रामस्थलयमा कष्टकर जीवन बिताइरहेको खबर सार्वजनिक हुनसाथ उपप्रमुख पराजुली आफै लागेर उनलाई उद्धार गरेर गरेकी हुन् । वृद्ध रामबहादुरले भने बेलबारी –७ बाहुनीमा रहेका एक जना आफन्तकोमा आएको र आफू आए पछि आफन्तेसमेत घर छोडेर हिँडेपछि अलपत्र परेको बताउँछन् । 

यस क्रममा उपप्रमुख पराजुलीले खाँदबारी नगरपालिकाका नगरप्रमुख, तुम्लिङटारका वडाध्यक्ष टिकाराम कुमालसँग टेलिफोन सम्पर्क गरेर वृद्धका आफन्तको बारेमा जानकारी लिने प्रयास गरेकी थिइन् तर वृद्धका आफन्तको पहिचान हुन नसके पछि उनलाई मानवसेवा आश्रम विराटनगरमा पुर्‍याएको छ । 

वृद्ध राईको आफन्तको पहिचान गर्न अनेक प्रयास गरे पनि सम्भव नभएकोले अन्त्यमा उनलाई वृद्धाश्रममा पुर्‍याउनु परेको उपप्रमुख पराजुली बताउँछिन् । 

प्रतिक्रिया दिनुहोस्