नवलपरासी, १६ असार । गएराति देखि परेको अविरल वर्षापछि आएको बाढीले नवलपरासीको सुनवल नगरपालिकामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरीले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरास्थित कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन बगाएको जानकारी दिँदै डाइभर्सन बगेपछि बुधवार बिहान साढे ४ बजेदेखि नै बुटवल–बर्दघाट सडक खण्ड अवरूद्ध रहेको बताएका छन् ।
डाइभर्सन मर्मत गरेर सडक सुचारु गर्ने खोजिए पनि पानी परिरहेकोले सडक सुचारु गर्न नसकिएको प्रहरीले जनाएको छ ।