काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलन समाप्त पार्ने खेलमा रहेको बताएका छन् ।
७० औँ मदन भण्डारी जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट आन्दोलन समाप्त पार्ने दाउमा रहेको बताएका हुन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले नेपालले सबै कुरालाई धोका दिएर कम्युनिस्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने काममा लागिरहेको बताएका छन् । उनले ओलीले आफूलाई प्रधानमन्त्री प्रस्ताव राखेको भनेर हौवा फैलाइरहेको बताउँदै नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव आफूले नगरेको र नगर्ने पनि प्रस्ट पारेका छन् ।
साथै प्रधानमन्त्री ओलीले नेपाललाई प्रचण्डको पुच्छरको संज्ञासमेत दिँदै उनले नेपाललाई अराजक, अनुशासनहीनको बताएका छन् । प्रधानमन्त्री ओलीले नेता माधव नेपाललाई लाजसरम पचेको मान्छे भनेर टिप्पणी गर्दै भनेका छन् ‘माधव नेपाल भन्ने एक जना काँग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ ।“
साथै ओलीले सर्वोच्चका पछिल्ला निर्णयप्रति पनि असन्तोष व्यक्त गर्दै अदालतले अराजकतालाई प्रश्रय दिइरहेको आरोप लाएका छन् ।