विराटनगर, १४ असार । १ नं प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । माओवादी केन्द्रले अवरुद्ध गरेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो । अघिल्लो दिनको विषयलाई लिएर मन्त्रीले आत्मालोचनासहित माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले सदन अवरुद्ध गरेको हो ।
साथै माओवादी केन्द्रले सदनबाट मन्त्रीको अभिव्यक्ति हटाउनसमेत माग गरेको छ । आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले माओवादी केन्द्रड्का सांसद मोहन खड्कालाई तपाई भिजन भएको नेता होइन भन्दै गाली गरेका थिए ।
माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले मङ्गलवार सम्मका लागि बैठक स्थगित गरेका छन् ।