ओलम्पिक कमिटी र कामरु ट्रेडिङ्गविच सम्झौता


काठमाडौँ, १२ असार । नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रवार प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।

टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्रान्डको खेल पोसाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो । सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि निजी क्षेत्रबिच सहकार्य र साझेदारी आवश्यक रहेको बताए । अहिलो टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समय सम्म सहकार्य र साझेदारी गर्न छलफल भएको बताए ।

यो सम्झौता महत्त्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्यमबाट प्रायोजकहरूलाई पनि सहयोग गर्ने बताए । कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई केल्मीको सामान प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले हाल टोकियो ओलम्पिक सम्मका लागि राम्रो गुणस्तरको सामान प्रायोजन गरेता पनि लामो समय सम्म ओलम्पिक र केल्मीबीच सहयोगको सोच रहेको बताए ।

केल्मीले यस अघि एन्फा, विभागीय टोली, तेक्वान्दो, करातेलाई प्रायोजन गरेको र भलिबलसँग सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्