लालीगुराँस सहकारीको रजत जयन्ती सम्पन्न


केशु विरही – बेलबारी, मोरङ /बेलबारी तथा त्यसका आसपासमा रहेका सहकारीमध्ये जेठो सहकारी लालीगुराँस बचत तथा ऋण सहकारीले आज एक संविधान दिसवको अवसर पारेर आफ्नो २५ औँ रजत जयन्ती सम्पन्न गरेको छ ।

सांस्कृतिक भवनमा सम्पन्न कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । सो अवसरमा बेलबारी नगरपालिकाका वाड नं १, २ र ३ का वडाध्यक्ष क्रमशः चक्र खुलाल, घनश्याम गौतम र योगेन्द्र सुवेदी, सहकारी अभियन्ता अमृता सुब्बा, जिल्ला सहकारी मोरङका सचिव एकराज निरौला, दिपज्योती साकोसकी अध्यक्ष तथा जिल्ला बचत सङ्घ मोरङका उपाध्यक्ष पार्वती बराल, हिमालय साकोसका अध्यक्ष खगेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले भौतिक विकासले मात्र राज्य समृद्धि नहुने, भौतिक विकासका साथसाथै सामाजिक विकासलाई ध्यान दिनु पर्ने बताए ।

उनले नगरपालिकाले यसअघि नै आफ्नो सहकारी ऐन निर्माण गरिसकेकोले अब सबै सहकारीले सोही ऐन अनुसार चल्नु पर्ने बताए । साथै प्रमुख सुवेदीले यदि ऐनमा केही सुधार गर्नु पर्ने भएमा त्यसलाई सुधार गर्न नगरपालिका तयार रहेकोवताए ।

कार्यक्रमका विशिष्ट अतिथि सहकारी अभियन्ता अमृता सुब्बाले लालीगुराँसले र्पुयाएको योगदानको चर्चा गर्दै बताइन अव सहकारीहरूले आफ्ना सेयर सदस्यका लागि सैद्धान्तिक भन्दा पनि जीवनोपयोगी तालिमहरूको आयोजना गर्नु पर्ने कुरामा जोड दिइन । सो अवसरमा बेलबारी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष घनश्याम गौतम, जिल्ला बचत मोरङका सचिव एकराज निरौला, लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा सहकारी अभियन्ता अमृता सुब्बालाई लालीगुराँस अवार्ड २०७६ प्रदान गरिएको थियो । प्रमुख अतिथि र साकोसका अध्यक्ष दुर्गाप्रसाद गौतमले संयुक्त रूपमा सम्मान गरेका थिए । साथै २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा ज्येष्ठ सदस्य, उत्कृष्ट कारोबार सेयर सदस्य, पूर्व सञ्चालक, उत्कृष्ट पद हासिल गर्ने आदि महानुभावहरूलाई सम्मान गरिएको थियो ।

संस्थाका सचिव नारायण आचार्यले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राजेन्द्र थापाले कोष प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले रजत जयन्तीकै दिन बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । सो अवसरमा ५९ प्रिन्ट रगत सङ्कलन भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्