काठमाडौँ, १२ असार । कर्णाली प्रदेशका एमालेका तीन सांसद पुनः निलम्बनमा परेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका तीनजना प्रदेश सांसद पुन : निलम्बनमा परेका हुन् ।
नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेको भन्दै अम्बरबहादुर थापा, नन्दसिंह बुढा, र कुर्मराज शाहीलाई एक महिनाका लागि नेकपा एमाले संसदीयले कारबाही गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।
प्रदेश सभा सचिवालयले शुक्रवार एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकको निर्णय गरे अनुसार उनीहरू निलम्बनमा परेका बताएको छ । निलम्बित तीनै जना वर्तमान प्रदेश सरकारका मन्त्रीसमेत रहेका थिए ।