लमजुङ, १२ असार । लमजुङकी ९२ वर्षीय एक वृद्धाले कोरोनालाई परास्त गर्न सफल भएकी छिन् । कोरोना सङ्क्रमण भई अस्पताल भर्ना भएकी लमजुङ सुन्दर बजार नगरपालिका निवासी ९२ वर्षी जानुकादेवी बाँस्तोलाले कोरोनालाई परास्त गरेर घर फर्किएकी हुन् ।
गत जेठ २७ गते राधा स्वामी सत्सङ कोभिड अस्पताल भर्ना भएकी जानुकादेविलाई दुई सातासम्म आइसोलेसनमा राखेर उपचार गरिएको थियो । कोरोनालाई परास्त गरेर घर फकिएकी बास्तोलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।
यसरी ९२ वर्षी बृद्धाले कोरोनालाई परास्त गरेर घर फर्किएको घटनाको जनमानसमा कोरोनाप्रतिको त्रासलाई केही कम गरेको पाइन्छ । पछिल्लो समय कोरोको सङ्क्रमण तथा मृत्यु दर घट्दो मात्रमा रहेको छ ।