सुनसरी, ११ असार । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत जातको बोयर बोका वितरण गरेको छ । एक कार्यक्रमकाबिच उपमेयर लक्ष्मी गौतमले कृषक समूहलाई बोका वितरण गरेकी हुन् ।
प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी, वडा नम्बर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा बोयर जातका बोका वितरण गरिएको हो ।
इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि फर्महरूलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
अरू वोका बाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को शिहंदेवी कृषि सहकारी संस्थामा आबद्ध कृषि समूहलाई वितरण गरिएको हो । यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ ।
त्यहाँका कृषकहरूलाई केही दिन भित्रैमा सय वटा बोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । आज वितरित बोकाको मूल्य ५० हजार देखि १ लाख ५० हजार रहेको छ ।