कोरोना जोखिम बढेसँगै रोकिएका सेवाहरू सुचारु गर्दै मोरङ प्रशासन


बेलबारी, ११ असार । जिल्ला प्रशासन कार्यालय मोरङले कोभिड १९ का कारण रोकिएका सेवाहरू सुचारु गर्ने भएको छ । आइतबारदेखि नागरिकता वितरण बाहेकका सबै सेवा सुचारु गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जिल्लाका सबै स्थानीय तहलाई पत्रमार्फत  आइतबारदेखि सेवा सुचारु हुने हुँदा सोही अनुसारको तयारी हुन जानकारी दिएका छन् ।

कोरोनाको जोखिम बढेसँगै जिल्ला प्रशासनबाट दिइने सबै सेवाहरू बन्द भएका थिए । कोरोना सङ्क्रमण केही घट्ने क्रममा रहेकोले अत्यावश्यक सेवा सुचारु गर्दै जनजीवनलाई समान्यिकरण गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्