प्रेटाेलकाे भाउ प्रतिलिटर एक सय २७ रुपैयाँ पुग्यो


काठमाडौँ, १० असार । नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।  बुधवार राति १२ बजेपछि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान)को मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय २७ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्