राष्ट्रिय कविता महोत्सव : कविता राईको ‘देशको नक्सा’ ले जित्यो प्रथम स्थान


काठमाडौँ, १० असार । नेपाल प्रज्ञा –प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ कविताले प्रथम स्थान हासिल गरेको छ । 

महोत्सवमा धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ दोस्रो, बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालकाो ‘बोधिसत्त्वको खोप’ले तेस्रो स्थान जितेको छ ।  

स्वदेश र विदेशबाट गरी जम्मा ७६४ जनाले सहभागिता जनाएकोमा ४१ वटा कविताहरूलाई अन्तिम प्रतियोगिताका लागि छनोट गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ । कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मान पत्रले पुरस्कृत गरिने बताएका छन् । 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरिएको वार्षिकोत्सवका अवसरमा १५ कर्मचारीलाई जनही रु ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्