काठमाडौँ, ८ असार । सरकारले प्रहरीका १६ डिआइजीको सरुवा गरेको । खगराज अधिकारी गृहमन्त्री हुनसाथ १६ जना डिआइजीको सरुवा गरेका हुन् ।
सरकारले प्रदेश–१ मा अरुणकुमार बिसीलाई पठाइएको छ । प्रदेश १ मा यस अघि ईश्वर बाबु कार्की प्रहरी प्रमुख थिए भने बिसी यसअघि अख्तियार अनुसन्धान कार्यालयको प्रधान कार्यालयमा कार्यरत रहेका थिए ।
त्यस्तै सरकारले उमेश रञ्जितकारलाई प्रदेश २ मा, प्रकाश जङ्ग कार्कीलाई बागमती प्रदेशमा, गण्डकी प्रदेशमा दिवेश लोहनीलाई गण्डकी प्रदेशमा, मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशमा, गणेश ऐरलाई कर्णाली प्रदेशमा र पुरुषोत्तम कँडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेको छ ।यस्तै वसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा धीरजप्रताप सिंहलाई पठाइएको छ भने डिआइजी घनश्याम अर्याललाई विशेष ब्युरोमा पठाइएको छ ।
गृहमन्त्री परिवर्तन हुनसाथ गरिने प्रहरी अधिकारीको सरुवा कुनै नौलो कुरा भने होइन । सरकारले आफूलाई सहयोग पुगोस् भनेर गरिने सरुवालाई सामान्य रूपमा लिइए पनि नेपालमा ६÷६ महिनामा सरकार परिवर्तन हुने र त्यही आधारमा हुने गृहमन्त्रीको परिवर्तनसँगै हुने प्रहरी अधिकारीको परिवर्तनले भने उनीहरूको वृतिविकास भन्दा पनि उनीहरूलाई निरुत्साहित पार्ने गरेको जानकारहरू बत्ताउँछन् ।