मोरङमा निषेधाज्ञा असार १४ सम्म थपियाे


विराटनगर, ७ असार । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयलाई थप गरेको छ । सोमवार राती १२ बजे सकिँदै गरेकाे निषेधाज्ञाकाे अवधिलाई असार १४ गतेसम्मका लागि थपेकाे हाे ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले थपिएकाे निषेधाज्ञालाई केही खुकुलो पारिएको, यसअघि अत्यावश्यक पसल र पुस्तक तथा निर्माण सामग्री विक्री हुने पसल बिहान ११ बजेसम्मका लागि खुला हुँदै गरेकोमा मङ्गलवार देखि भने दिउँसो १२ बजेसम्म सबै प्रकारका पसलहरू खुला हुने बताएका छन् ।

कोरोना सङ्क्रमण दर घट्दै गए पछि देशैभर निषेधाज्ञालाई खुकुलो बनाइँदै लगिएको छ । तर तथ्याङ्कले कोरोना सङ्क्रमण दर घटेको देखाए पनि कोरोना परीक्षणमा कमीले याे दरमा कमी देखिएकोले अहिले नै सङ्क्रमण घटेको भनेर लापरबाही गर्न नहुने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्