दलित भनेर कोठा भाडामा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ


काठमाडौँ, ६ असार । जातीयताकै आधारमा कोठा भाडामा दिन अस्वीकार गर्ने काठमाडौँकी एक जना घरभेटीलाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा कोठा छ भनेर पनि पछि दलित भएको थाहा पाए पछि कोठा दिन अस्वीकार गर्ने काठमाडौँ बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले आज पक्राउ गरेको हो ।

जातीय विभेद गरी कोठा नदिएको भन्दै तनहुँकी रुपा सुनारले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । उनकै उजुरीका आधारमा घरभेटी प्रधानलाई अनुसन्धानका लागि पक्राउ गरिएको काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

आफ्नी आमासँग बस्दै आएकी रूपा गत मङ्गलवार बबरमहलमा कोठा खोज्न गएकी थिइन् । कोठा भएको राम्ररी मिलेर बस्नुपर्छ भने पनि भरे थर थाहा पाए पछि कोठा दिन अन्कनाएको, कोठा देखाउन ल्याउनेलाई फोन गरेर त्यस्तो मानिस किन ल्याएको भनेर गाली गरेको भनेर फेसवुकलाइभमार्फत रुपाले जानकारी दिएकी थिइन । 

यो घटनाले जातीय विवेधको अन्त्य भएको बताइए पनि त्यो व्यवहारतः अझै पनि रहेको जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्