लुम्बिनीमा विपक्षीले गरे प्रदेशसभा बैठक बहिष्कार


रुपन्देही, ६ असार । लुम्बिनीमा विपक्षी गठबन्धनले आजको प्रदेशसभा बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेल अल्पमतमा परिसकेको, अल्पमतको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनले आजको प्रदेश सभा बैठक बहिष्कार गरेका हुन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गरेको थियो ।

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन बताए काँग्रेस, माओवादी र जसपा सांसदहरू बैठक छाडेर हिँडेका थिए । 

प्रतिक्रिया दिनुहोस्