वनका कर्मचारी हौँ भन्दै रकम उठाउने प्रहरीको फन्दामा


 उर्लाबारी, ६ असार । आफूलाई वनको कर्मचारी भन्दै रतुवामाईबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–६ जुट विकासका ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैंचा– ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिँजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई १० मा रहेको पूर्णबहादुर श्रेष्ठको माईबेनी स–मिलमा रकम उठाउँदै गरेको बेलामा प्रहरीले उनीहरूलाई पक्राउन गरेको हो । 

प्रहरीले पक्राउ परेका चौहान र सिक्देलका साथबाट ३२ हजार ९ सय ९५ रुपैयाँ विभिन्न पत्र पत्रिका रसिद प्याड तथा केही पत्रिकाको परिचय पत्रसमेत बरामद गरेको छ । 

पक्राउ परेकामध्ये सिक्देल यसअघि पनि पत्रकार हुँ भन्दै रकम असुलेको अभियोगमा पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्