ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम


काठमाडौँ, ५ असार । ओलम्पिक डेको अवसरमा नेपाल पनि विविध कार्यक्रम आयोजना गरिने भएको छ । आधुनिक ओलम्पिकको जन्मदिनलाई सम्झेर विश्वमानै ओलम्पिकसङ आबद्ध राष्ट्रहरूमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

सोही क्रममा आज नेपाल ओलम्पिक कमिटीको कार्यालयमा युवा तथा खेलकुद मन्त्रीले राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी उद्घाटन गरिएको थियो । त्यसै क्रममा पोखरमा आर्चरी सङ्घको आयोजनमा टोकियो ओलम्पिकलाई मध्यनजर राख्दै प्रशिक्षणमा रहेका खेलाडीहरूले आर्चरी खेलको प्रदर्शन गरेका छन् ।

यस्तै फेन्सिङ सङ्घको आयोजनामा फेन्सिङ प्रदर्शन, बाँकेमा मंगोलियन जुडो डोजोद्वारा जुडो खेल प्रदर्शनका साथै भिएस निकेतन स्कुलले २५० बिद्यार्थीहरुलाई भर्चुअल चित्रकला आयोजना गरी मनाएका छन् । यस्तै ५ दिन सम्म विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गरी ओलम्पिक डे मनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्