काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा फरक मोडालिटीमा गर्ने भएको छ । कोरोना नियन्त्रणमा आई नसकेका कारण परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको बताएको हो ।
बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेल असारभर पर्खिने र त्यसपछि अवस्था हेरेर मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिएका छन् ।
भदौसम्ममा परीक्षा गर्ने गरी तयारी भइरहेको भए पनि तर त्यो परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ रहेको छ । गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक भएको भए पनि कोरोनाका कारण स्थगित भएको थियो ।