काठमाडौँ, ४ असार । सर्वोच्च अदालतद्वारा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा निकासीमा रोक लाएको छ ।
सरकारको गिट्टी बालुवा निकासी गर्ने निर्णयविरुद्ध अधिवक्ताहरू शैलेन्द्र प्रसाद अम्बेडकर, रामबहादुर शाही, डा. पुण्यप्रसाद खतिवडा, दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले उक्त निर्णय सुनाएको हो ।
शुक्रवार न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधानिक इजलासमा भएको सुनुवाइपछि सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिइएको छ ।
गिट्टी बालुवा विदेश निकासी गरेर व्यापार घाटा कम गर्ने बताएको सरकारलाई अदालतको यो निर्णयले अप्ठ्यारोमा पारिदिएको छ ।