गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षणका लागि आफूलाई मत दिन अनुरोध


कास्की, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्नका लागि आफूलाई मत दिन अनुरोध गरेका छन् । 

गण्डकी प्रदेशशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सो आग्रह गरेका हुन् । 

मुख्यमन्त्री पोखरेल नेपालीले आफ्नो सम्बोधनमा भनेका छन् ‘आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौँ । सङ्घीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बिचमा जनताबिच जानु कुनै पनि रूपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु ।’

पोखरेल एक हप्ता अघि मात्र चार दल र एक स्वतन्त्र सांसदको साथमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस्