यार्सागुम्बा टिप्न गएका ३३ जनालाई सेनाको हेलिकप्टरद्वारा उद्धार


लमजुङ, ४ असार । यार्सागुम्बा टिप्न गएकालाई ३३ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार । सोमबार रातिदेखि निरन्तर परेको पानीले यार्सा गुम्बा टिप्न गएका मानिसलाई नेपाली सेनाको हेलिकटेर प्रयोग गरेर उद्धार गरिएको हो । 

उद्धारमा मनाङबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको सक्रियताको समेत सहभागिता रहेको छ । हिमालमा हिमपात भइरहँदा ती मानिसहरू करिब ५ हजार मिटर उचाइमा थिए । कुलुङ लेकबाट २६ जनाको र लघु लेकबाट ८ जना गरी जम्मा ३४ जनालाई उद्धार गरी फू गाउँ ल्याइएको थियो । फू गाउँको लेकमा मात्रै ६० जना जति सम्पर्कविहीन रहेको र सम्पर्कविहीन भएकाको खोजी गरी उद्धार गरिने मनाङका प्रजिअ विष्णु लामिछानेले जानकारी दिएका छन् ।

प्रजिअ लामिछानेले दिएको जानकारी अनुसार उनीहरूलाई अहिले नेपाली सेनाको हेलिकप्टरले पहिलो लटमा १८ जना र दोस्रो लटमा १५ जना गरी ३३ जनाको उद्धार गरी चामे ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्