आज पनि प्रदेश–१, बागमती र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


काठमाडौँ, ४ असार । आज मौसममा सामान्य सुधार देखिए पनि प्रदेश–१, बागमती र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार केही दिनदेखि देखिएको मनसुनको प्रभाव केही कम देखिए पनि आज प्रदेश–१, बागमती र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही बिहान बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ । 

सोमवार देखि आएको अविरल वर्षाका कारण देशले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको छ । 

प्रतिक्रिया दिनुहोस्