जसपा यादव पक्षद्वारा वर्तमान ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय


काठमाडौँ, ३ असार । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले वर्तमान ओली नेतृत्वको सरकारमा सहभागी नौ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

ठाकुर पक्षले २० जना नयाँ कार्यकारिणी समिति सदस्य थपेर निर्वाचन आयोगमा अद्यावधिक गराउन निवेदन दिएकै दिन उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको आज बसेको बैठकले वर्तमान ओली नेतृत्वको सरकारमा सहभागी नौ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यो समूहले यसअघि नै महन्थ ठाकुर लगायत चार जना नेताहरूलाई पार्टीबाट निष्कासन गरे पनि निर्वाचन आयोगले भने उक्त निर्णयलाई कानुनसम्मत नभएका भन्दै यसअघि नै खारेज गरिदिएको थियो । वर्तमान ओली सरकारलाई सहयोग गर्ने र नगर्नेबिच टकराब हुँदा पार्टी विभाजनको सङ्घारमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्