खाँदबारी, ३ असार । सङ्खुवासभामा भिरबाट ट्रिफर खस्दा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सङ्खुवासभाको चिचिला गाउँपालिका– ३ मा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पुखुवामा भीरबाट ट्रिफर खस्दा ट्रिफरमा सवार धनकुटाका २२ वर्षीय दीपेश भट्टराई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जनाकारी अनुसार बुधवार बेलुका ९ बजे ट्रिफरबाट ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा ट्रिफर अनियन्त्रित भई भीरबाट अन्दाजी ३ सय मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको, दुर्घटनामा परी एक जनाको मृत्यु भएको र एक जना घाइते भएका छन् ।
घाइते हुने ट्रिफर चालक काभ्रेपलाञ्चोकको भकुण्डेबेंसीका २० वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।घाइतेलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल खाँदबारीतर्फ पठाएको प्रहरीले जनाएको छ ।