महामारीको बेलामा सबै एकजुट भएर त्यसको सामना गर्नुपर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइ


 काठमाडौँ, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारीको बेलामा सबै एकजुट भएर त्यसको सामना गर्नुपर्ने बताएका छन् । मनसुन प्रारम्भ मात्र भएको बेलामा बाढी पहिरोलो पुर्‍याएको क्षतिको आङ्कलन गर्दै उनले यस्तो बताएका हुन् । 

पूर्व राजा शाहले वक्तव्यमा लेखेका छन् ‘मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति हुन पुग्यो भने तीव्र वर्षात् आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ ।’

पूर्व राजा शाहले प्राकृतिक विपत्तिमा सबै एकजुट भएर यसको सामनामा लाग्नु पर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्