२० जना नयाँ सदस्य थपेर जसपाको ठाकुर पक्षले बुझायो निर्वाचन आयोगमा पत्र


काठमाडौँ, ३ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा कार्यकारिणी समितिमा नयाँ सदस्य थपेर अद्यावधिकका लागि विवरण बुझाएको छ । 

जसपाको उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बस्दै गर्दा महन्थ ठाकुर पक्षले भने थपिएका सदस्यसहितको विवरण आयोगमा बुझाएको हो । 

थपिएका सदस्यहरूमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशङ्कर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजीव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा रहेका छन् । थपिएको नामावली दर्ता गराउनका लागि जसपा नेता केशव झा आयोगको कार्यालय पुगेका थिए । 

जेठ ३० गते नै आयोगले एक जना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णयलाई लत्त्याउँदै ठाकुर पक्षले भने नयाँ सदस्य थपेर निर्वाचन आयोगमा अद्यावधिकका लागि पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्