सेजल कोइरालाको हत्या परिचितबाटै भएको हुनसक्ने प्रारम्भिक अनुमान


छोरीको बलात्कार पछि हत्या भएको उनका पिताको दाबी

झापा, ३ असार । इलामकी सेजल कोइरालाको हत्या परिचितबाटै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 


इलाम देउमाई नगरपालिका–४ निवासी शौचालयमा अचेत अवस्थामा भेटिएकी कोइरालाको जेठ २६ गते मृत्यु भएको प्रहरीले जनाएको छ । अध्ययनको सिलसिलामा दमक–५ स्थित एक घरमा फ्ल्याट भाडा लिएर बस्दै आएकी कोइराला बुधवार  आफ्नै कोठामा अचेत अवस्थामा भेटिए पछि उनका साथीले अस्पताल पुर्याएका थिए ।

बुधवार बेलुकी करिब ५ बजे साथीले मोबाइलमा सम्पर्क गर्दा फोन नउठे पछि उनी आएर हेर्दा साथीहरू कोठामा पुग्दा उनी शौचालयमा अचेत फेला परेकी थिइन । त्यसपछि उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । तर अस्पतालले केहीबेरमै उनलाई मृत घोषित गरिदियो । घटना शकांस्पद भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा बत्ताउँछन् । 

डिएसपी थापा अहिले नै हत्या भन्न नमिले पनि घटना शङ्कास्पद रहेकोले प्रहरी यस विषयमा अनुसन्धान गरिरहेका बताएका छन् । 

मृतक कोइरालाको परिवारले भने इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएको छ । प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले छोरीको बलात्कारपछि हत्या भएको उनका बुबा सरोज कोइरालाको दाबी छ । 

यता इलाका प्रहरी कार्यालय दमकले घटनामा संलग्न भएको आंशकामा उनका प्रेमीसमेत रहेका स्थायी ठेगाना भोजपुर घर भई हाल दमकमा बसोबास गर्ने अरुण राईलाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्