बाढीले सुपरमादी जलविद्युतको पावरहाउस बगाउँदा एक अर्ब बराबरको क्षति


३०० कामदारको सकुशल उद्धार

कास्की, २ असार । अविरल वर्षापछि कास्कीको मादी खोलामा आएको बाढीले सुपरमादी पावर हाउस बगाउँदा करिब सात अर्ब बराबरको क्षति भएको छ । 

सुपरमादी जलविद्युत् आयोजनाका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले आयोजनामा चार वटा एक्स्याभेटर, चार वटा टिपर, दुई वटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेसर, चार सय ५० टन बढी डन्डी, १० हजार बोरा सिमेन्ट लगायतका निर्माण सामग्री बगाएको बताएका छन् । 

८० प्रतिशत काम पुरा भएको यो परियोजना बाढीले बगाउँदा करिब एक अर्ब बराबरको क्षति पुगेको अध्यक्ष ढुङ्गाना बत्ताउँछन् । 

आयोजनाको पावर हाउस बाढीले बगाउँदा फसेका त्यसमा कार्यरत करिब ३०० कामदारलाई आज बिहान सकुशल उद्धार गरिएको छ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्