गाईको किरिया गर्दै झापा मेचीनगरका खगेन्द्र दाहाल


झापा, २ असार । हिन्दुधर्म अनुसार गाईलाई आमाको रूपमा लिने गरिन्छ । तर गाईलाई आमाकै रुपमा लिएर सोही अनुसारको व्यवहार गर्ने विरलै पाइन्छन तर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले यसलाई व्यवहारमै उतारेका छन् । उनी यतिखेर मरेको गाईको किरिया गरिरेका छन् ।


घरमा पालेको लहिनो गाई सात दिन अघि कालगतिले मरे पछि उनी त्यसैको किरियामा बसेका हुन् । उनी गाई मरेका दिनदेखि नै विधिपूर्वक किरियापुत्री बनेर किरिया गरिरहेका छन् ।


दाम्लो नखोलिएको अवस्थामा यदि थलैमा गाई मर्यो भने मानिसको मृत्युसरह नै किरिया गर्नु पर्ने हिन्दू परम्परा रही आएको छ । यही परम्परालाई आत्मसात गर्दै गाईको किरियामा बसेका हुन् । आफैले कसैको करकापले नभएर मनैदेखि श्रद्धा जागेर दश दिने किरिया गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्