विपद व्यवस्थापनमा सबै निकाय परिचालन गरिँदै


काठमाडौँ, २ असार । सरकारले सबै निकायलाई विपद् व्यवस्थापनमा प्रयोग गर्ने निर्णय गरेको छ ।

 गृहमन्त्री गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले मन्त्रालय तथा त्यसका मातहत रहेका सबै निकायलाई विपद् व्यवस्थापनमा प्रयोग गर्ने निर्णय गरेको हो ।बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्य योजनासमेत पारित गरेको छ । सोही कार्य योजनामा रहेर सबै मन्त्रालय र त्यसका महातातमा रहेका निकायले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिएका छन् । 

बैठकमा देशका विभिन्न स्थानमा गएको बाढी–पहिरो र त्यसको प्रभावको बारे समीक्षासमेत गरिएको थियो । ती क्षेत्रमा खाद्य सामग्री, टेन्टलगायतका अरू अत्यावश्यक व्यवस्था तुरुन्त गर्ने निर्णय गरेको छ ।

सोमबार देखि परेको अविरल वर्षाले मनाङ, सिन्धुपाल्चोक लगायतका स्थानमा ठूलो क्षति पुर्‍याएको छ । 

प्रतिक्रिया दिनुहोस्