कोशीमा पानीको सतह बढे पछि ब्यारेजको १२ ढोका खुला : खतराको अवस्था भने नरहेको प्रजिअको भनाइ


सप्तरी, २ असार । पानीको सतह बढेसँगै कोशी ब्यारेजका १२ वटा ढोका खुल्ला गरिएका छन् । मङ्गलवार बिहानदेखि परेको पानीका कारण कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक पुगे पछि ती ढोकाहरू खुल्ला गरिएका हुन् । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पानीको बहाव बढिरहे पछि थप ढोका खुल्ला गरिएको तर अहिलेलाई खतराको अवस्था भने नआएको बताएका छन् । 

उनले भने ‘नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्