देशैभर वर्षाको प्रभाव कायम रहने बताउँदै सतर्कता अपनाउन महाशाखाको आग्रह


काठमाडौँ, २ असार । नेपालमा यसपालि सधैँभन्दा केही दिन अघि सुरु भएको मौसमले देशका विभिन्न स्थानमा क्षति पुर्‍याउन थालेको छ । केही दिनदेखि परिरहेको वर्षाको प्रभाव आज पनि देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश ठाउँमा भारी वर्षा हुने जनाउँदै सतर्क रहन आग्रह गरेको छ । सोमबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीले ठूलो क्षति पुराइरहेको छ ।

देशका कति ठाउँमा पुल बगाएको छ भने केही ठाउँका वस्ति नै विस्थापित भएका छन् । लगातार परेको पानीले मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो क्षति पुराइसकेको छ भने अन्य स्थानमा पनि क्षति पुगेको छ । 

मौसम पूर्वानुमान शाखाले अहिले पनि गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको, र अन्य स्थानमा पनि हल्कादेखि भारी वर्षा हुने बताएको छ । यस्तै आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने छ । महाशाखाले देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाका हुँने हुँदा सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्