स्वास्थ्य क्षेत्रमा तीन अर्ब २५ करोड बजेट विनियोजन


विराटनगर, १ असार । प्रदेश–१ सरकारले स्वास्थ्य क्षेत्रमा तीन अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८-७९ बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बोहाङ्गले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गरेका हुन् ।

प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रदेश सरकारले सरकारले मेची अस्पताललाई दुई सय शैया, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र कोसी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्