निर्वाचन आयोगले कानुन र लोकतन्त्रको धज्जी उडायो : नारायणकाजी श्रेष्ठ


काठमाडौँ, १ असार । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले कानुन र लोकतन्त्रको धज्जी उडाएको आरोप लाएका छन् । साथै उनले आयोगलाई सरकारको कठपुतली बनेको समेत आरोप लाएका छन् ।

आयोगले जसपाको पार्टी विवादका विषयमा गरेको पछिल्लो निर्णयसँग विमति राख्दै उनको यस्तो प्रतिक्रिया आएको हो । उनले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगको कार्यलाई लज्जास्पद र भर्त्सनायोग्य मानेका छन् ।

उनले भनेका छन् ‘जसपा (जनता समाजवादी पार्टी) बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र सङ्कटको कारण त्यो पनि पनि हो ।’ 

लोकतन्त्र पक्षधर विभाजित हुँदा यस्ता निर्णय आउन सक्ने बताउँदै सबै मिलेर संवैधानिक अङ्गबाट हुने यस प्रकारका गलत कार्यलाई रोक्नु पर्ने कुरामा उनले जोड दिएका छन् । 

निर्वाचन अयोगले जसपाका ठाकुर यादव पक्षले एकले अर्कोलाई गरेको कारबाहीलाई कानुनसम्मत नभएको भनेर दुवै पक्षको निवेदन खारिज गरिदिएको थियो । 

प्रतिक्रिया दिनुहोस्