हेफरले गर्याे उत्तरी मोरङका चारवटा स्थानीयपालिकाहरूलाई सहयोग


बेलबारी, १ असार । हेफर इन्टरनेशनल नेपालले उत्तरी मोरङका ४ वटा स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको छ ।                             कोरोना महामारीसँग लड्न सहयोग पुगोस् भनेर उक्त संस्थाले बेलबारी, सुन्दरहरैँचा र पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकालाई ३५ लाख रुपैयाँ सहयोग गरेको हो ।                                                 

उत्तरी मोरङका ३ वटा नगरपालिकालाई ७ लाख ५० हजार रुपैयाँका दरले र एउटा गाउँपालिकालाई १२ लाख ५० हजार गरी कुल ३५ लाख सहयोग गरेको छ ।दोस्रो चरणको भेरियन्टबाट नागरिकहरूलाई बचाउनका लागि स्वास्थ्य सामग्री खरिद गर्न सहजहोस् भन्ने उद्देश्यका साथ आफ्नो कार्य क्षेत्रभित्र रहेका स्थानीयपालिकाहरूलाई सहयोग गरेको हेफरले जनाएको छ ।       

सहयोग गरिएको रकमबाट कोरोना महामारी न्यूनीकरणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरीदमा प्रयोग गरिने बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्