मनाङ, १ असार । गए रातीदेखिको अविरल वर्षाका कारण मनाङमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।
मनाङकी सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले दिएको जानकारी अनुसार अत्यधिक वर्षाका कारण बाढीले केही पुल तथा स्थानीयका घरसमेत बगाएको छ ।
वर्षा नरोकिएकाले उद्धार र राहतसमेत पुर्याउन सक्ने अवस्था नभएको त्यसका लागि सुरक्षा समितिको बैठक बस्दै गरेको पनि सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताइन् । प्रारम्भिक जानकारीअनुसार तिमाङ र चामेका गरी पाँच वटा पुल र एउटा घर बगाउनुका साथै गाउँसमेत डुवानमा परेको बताइएको छ ।
मनाङमा सोमबार रातिदेखि अविरल रूपमा वर्षा भइरहेको छ ।