कास्की, १ असार । पृथ्वी सुब्बा गुरुङद्वारा पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा नलिने घोषण गरेका छन् ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारले दिने सुविधा नलिने घोषणा गरेका हुन् । गुरुङको सचिवालयले गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतले पाउने सरकारी सुविधा नलिने, प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा मात्र रहने बताएको छ ।
सत्ताको बागडोर संहाल्नेवित्तिकै वर्तमान गठबन्धनको सरकारले पूर्वप्रमुहरूको सुविधा बढाउने निर्णय गर्नु, जनताबाट व्यापक आलोचना भए पछि सुविधा बढाउने नभएर व्यवस्थित मात्र गर्न खोजिएको भनेर प्रस्ट पार्नु र निवर्तमान प्रदेश प्रमुखबाट पूर्वप्रदेशप्रमुखको हैसियतले पाउने सरकारी सुविधा नलिने घोषण गर्नुलाई महत्वकासाथ हेरिएको छ ।