काठमाडौँ, ३१ जेठ । जर्मनी सरकारले नेपाललाई चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने घोषण गरेको छ । जर्मनी सरकारले वित्तीय तथा प्राविधिक सहयोगस्वरुप नेपाललाई उक्त अनुदान रकम दिने प्रतिबद्धता व्यक्त गरेको हो ।
जर्मनी राजदूतावासका अनुसार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबार अनुदान सहायतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
अनुदान रकम नेपालका मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका प्रयोग हुने छ ।