सर्वोच्च अदालतद्वारा कृष्ण थापाको सांसद पद खारेज


काठमाडौँ, ३१ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ ।  थापालाई सांसद पदमा थमौती गर्ने यसअघि दिएको सर्वोच्चको अन्तरिम आदेश खारेज भएसँगै उनको पद खारेज भएको हो ।

थापाको सांसद पद थमौती गर्ने सर्वोच्चको अन्तरिम आदेश पश्चात् राष्ट्रिय जनमोर्चा त्यसको पुनरावलोकनका लागि निवेदन (भ्याकेट) दर्ता गराएको थियो । राजमोको पुनरावलोकन (भ्याकेट)को सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले सो निर्णय गरेको हो । 

पार्टीको निर्णय विपरीत पृथ्वी सुब्बा गुरुङको सरकारलाई समर्थन गरेको भन्दै उनलाई पार्टीले साधारण सदस्यबाटै हटाइको थियो । 

प्रतिक्रिया दिनुहोस्