काठमाडौँ, ३१ जेठ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आए पछि आज बिहान उनलाई अस्पताल भर्ना गरिएको खनालको निजी सचिवालयले जनाएको छ ।
एमाले वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यमा समस्या आएका कारणले अस्पताल भर्ना गरिएको भए पनि अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ।
कोरोना सङ्क्रमणबाट हालसालै मुक्त भएका खनाललाई डाक्टरले केही दिन आराम गर्न भनेको छ ।