बेलबारी, ३१ जेठ । सनराइज बैङ्क विराटचोक शाखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोनाको महामारीमा अग्रपङ्क्तिमा रहेर नागरिकको शान्ति सुरक्षामा खटिँदै आएकाले सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षामा सहयोग र उनीहरूलाई थप हौसला मिलोस् भने स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले बताएको छ ।
सनराइज बैङ्क विराटचोक शाखाका कुमार खड्काले दिएको जानकारी अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सुन्दरहरैँचा नगरपालिका अन्तर्गत रहेका ३ वटा प्रहरी चौकीलाई ४५ लिटर सेनिटाइजर, ३ हजार मास्क, ६ सय थान पन्जा, ३० वटा फेस शिल्ड प्रदान गरिएको छ ।