काठमाडौँ, ३१ जेठ । यो वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को एसइई नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने बोर्डले तयारी गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम पूरा गरेर साउन १५ भित्रमा परीक्षाफल प्रशासन गर्ने तयारीमा रहेको बताएको हो ।
बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसइईको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम पूरा गरेर साउन १५ भित्रमा नतिजा आइसक्ने र भदौबाट कक्षा ११ को पठनपाठन सुरु हुने जानकारी दिएका छन् । साथै बोर्डले असार २० गतेभित्र एसईईको मूल्याङ्कन पठाउन विद्यालयहरूलाई निर्देशन दिइसकेको छ ।
बोर्डले गत वर्षजस्तै यस वर्ष पनि एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनको आधारमा तयार गर्दैछ ।