वृद्ध हत्याको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिँदै


पाँचथर, ३० जेठ । फिदिमका ८० वर्षीय वृद्ध हत्याको विषय झन् रहस्यमय बन्दै गए पछि त्यसको अनुसन्धान गर्न प्रहरीले तालिमप्राप्त कुकुरको सहारा लिने भएको छ । 

फिदिम नगरपालिका ४ स्थित कुमाले टारमा बस्दै आएका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्नामको हत्याको थप अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर झिकाएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले दिएको जानकारी अनुसार फिदिम २ स्थायी घर भई कुमाले टारमा श्रीमती कालीमायासँग बस्दै आएका बृद्धा इङ्नामको गए राती घरमै हत्या भएको र हत्याको थप अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर झिकाइएको छ ।

हत्या गरिएका वृद्ध टेकबहादुरकी ८५ बर्षीया श्रीमती कालीमाया शारीरिक रूपमा अशक्त छिन्  ।

प्रतिक्रिया दिनुहोस्