जनकपुरधाम, ३० जेठ । प्रदेश–२ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन ध्यानाकर्षण गराएका छन् ।
प्रदेश–२ मा मन्त्रीमण्डलको पुनरगठन गर्दा महिलालाई, दलित तथा गैरमधेसी समुदायलाई समावेश नगरिएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।
चार पृष्ठ लामो ध्यानाकर्षण पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा सबै समुदायलाई उचित स्थान दिन भनेका छन् ।