उदयपुरमा दुई छोरीले सम्पन्न गरे बुबाको अन्तिम संस्कार


उदयपुर, ३० जेठ । उदयपुरमा दुई छोरीले बाबुको किरिया सम्पन्न गरेका छन् । कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले आफ्ना बुबाको किरिया सम्पन्न गरेका हुन् । 

सामान्यतया हिन्दुसंस्कार अनुसार बाबुआमाको किरिया छोराले गर्ने चलन छ । छोरा नहुनेले कुनै आफन्तलाई कोरामा राखेर भए पनि अन्तिम संस्कार सम्पन्न गर्ने गरिन्छ तर उदयपुरका यी दुई दिदीबहिनीले भने आफै आफ्ना ६० वर्षीय पिता बालबहादुर मगरको अन्तिम संस्कार सम्पन्न सम्पन्न गरेका हुन् । 

यसरी बाबुको किरिया गर्नेमा कटारी नगरपालिका–५ बरमझियाका १७ वर्षीय कुमारी र २० वर्षीय भगवती रहेका छन् । मगर संस्कार अनुसार मृत्युको ७ दिनमै काजक्रिया सक्ने चलन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्