काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनलाई नौ दिन पर सारेको छ ।
आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले कोरोनाका कारण निर्धारित मितिमा सम्पन्न गर्ने अवस्था नदेखिएको भन्दै पार्टीको १४ औँ महाधिवेशनको असार ६–१० को मितिलाई परिवर्तन गरेर भदौ १६ –१९ मा गर्ने निर्णय गरेको हो ।
पूर्व निर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेस गरेका छन् । महामन्त्रीको प्रस्ताव अनुसार वडा अधिवेशन भने साउन ६ बाट सुरु हुने छ ।
सहमहामन्त्री डा. प्रकाश शरण महतले क्रियाशील सदस्यता छानबिनको म्याद २० असारसम्म थप गर्ने र २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरी साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्ताव आएको बताए ।