‘वैद्यको प्रधानमन्त्रीविरुद्धको आपत्तिजनक अभिव्यक्ति कसैलाई पनि स्वीकार्य हुँदैन’ – गगन थापा


काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्ति आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । 

शुक्रवार बागमती प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी लोचना भइरहेको बेलामा पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाको सो अभिव्यक्ति आएको हो । 

नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘नरोत्तम वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन । मलाई विश्वास छ, दलको नेताको निर्देशनअनुसार आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिनुहुनेछ ।’

उनले काँग्रेस सधैँ हिंसात्मक राजनीतिमा विश्वास गर्ने भएकोले सङ्घर्षमा मात्र नभएर आलोचनामा पनि हिंसाले स्थान पाउनु हुँदैन भन्ने विश्वास राख्ने बताए । 

यस्तै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यको अभिव्यक्तिप्रति यसअघि न आपत्ति जनाइसकेका छन् । वैद्यले शुक्रवार प्रदेश सभाको बैठकमा प्रधानमन्त्रीले देश सिद्ध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैँ बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । 

पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत रहेका वैद्य काठमाडौँ क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा काङ्ग्रेसबाट निर्वाचित सांसद हुन् ।  

प्रतिक्रिया दिनुहोस्