खेतमा खनिएको पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाको मृत्यु, पुरै गाउँ शोकमग्न


धनुषा, २८ जेठ । धनुषाको मुखियापट्टि मुसहरनिया–६ मा खेतमा खनिएको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको छ । नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको मृत्यु भए पछि पुरै गाउँ शोकमा डुबेको हो ।

मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया, १० वर्षीया चन्द्राकुमारी, १३ वर्षीया मञ्जु, १२ वर्षीया चाँदनी र १२ वर्षीया ललिता रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार स्थानीय हुलास यादवको खेतमा खनिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ती बालिकाहरूको मृत्यु भएको हो । दुई जना बालिका अझै हराइरहेका छन् ।

मृत्यु बालिकाको शव पोखरीबाट बाहिर निकालिसकिएको छ भने हराएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्