बेलबारी, २८ जेठ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था अर्किड बेलबारीले गरिब तथा विपन्न वर्गका बालबालिकाहरूका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने परिवारले आफ्ना बालबालिकाहरूलाई खाना खुवाउनसमेत निक्कै अप्ठ्यारो परिरहेको अवस्थामा त्यस्ता परिवारलाई सहयोग पुगोस् भनेर राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको अर्किडका अध्यक्ष धर्मराज पोखरेल बत्ताउँछन् ।
अर्किड बेलबारीका संयोजक रेवती तिवारी अहिलेको विषम परिस्थितिमा बालबालिकाहरू ठूलो मार्कामा परेको, उनीहरूका परिवारलाई आफ्ना नानीहरूलाई कसरी खाना खुवाउने भन्ने चिन्ताले सताउने अवस्था आएकोले संस्थासँग आबद्ध भएका कबिर मावि बेलबारी –२, लालभित्ती र महेन्द्र मावि सुन्दररहैँचा ११ मा अध्ययनरत २६ जना विद्यार्थीका अभिभावकहरूलाई राहत सामग्री उपलब्ध गराएको बताउँछन् ।
बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गौतम उपस्थित रहेको राहत वितरण कार्यक्रममा संस्थाका पदाधिकारी तथा दुवै विद्यालयका प्रतिनिधि कोसमेत सहभागिता रहेको थियो ।
सामाजिक दुरी कायम गरेर वितरण गरिएको राहत प्याकेजमा चामल २५ केजी, दाल ३ केजी, नुन २ केजी, चिनी २ केजी, तेल १ लिटर र १५ थान माक्स रहेको छ ।